भरतपुर :
चितवन प्रहरीले ८१ हजार रुपैयाँ नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित पुरुषोत्तम उपाध्यायको घरबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८१ हजार २ सय रुपैयाँ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरुलाई जुवाखेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई मंगलबार अदालतबाट मिति थप गरी अनुसन्धान भईरहेको रेग्मीले बताउनुभयो ।
उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाईने रेग्मीले बताउनुभयो । नियमित जुवा खेल्ने गरेको सूचनाका आधारमा खानतलासी गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । दसैं, तिहार जस्ता चाडपर्वको समयमा जुवातास खेल्ने क्रम बढी हुने भए पनि पक्राउ परेकाहरु नियमित जुवाडे हुन सक्ने आशंका गरिएको छ ।