सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरस : दशौँ लाख मानिसको ज्यान बचाउन द्रुत गतिमा काम गर्न वैज्ञानिकहरूको सुझाव


  •    न्युजभित्तो/१४ चैत्र २०७६, शुक्रबार १२:१० 
  • लण्डन । कोरोनाभाइरस प्रकोपको अध्ययन गरिरहेका ब्रिटेनका वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्।

    इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान जान सक्छ। कम्प्युटर प्रणालीबाट निकालिएको हिसाब अनुसार अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ।

    वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष ठ्याक्कै नमिल्न पनि सक्ने भन्दै सरकारहरूले कुनै काम नगरेको खण्डमा मात्र आफूहरूले दिएको चेतावनीको स्थिति आउनसक्ने बताएका छन्। उनीहरूले बढी उमेरका मानिसहरू घरपरिवारमै बस्ने अल्पविकसित देशहरूमा प्रकोपको असर खतरनाक हुन सक्ने पनि बताए।

    कोरोनाभाइरस नयाँ भएकाले यसबारे थुप्रै कुरा जान्न अझै बाँकी रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन्। प्रारम्भिक विवरणहरूमा धेरै उमेरकालाई यसले बढ्ता असर पारेको अनि महिलाभन्दा पुरुषका निम्ति यो धेरै घातक भएको देखिएको छ। साथै बालबालिकामा यसले पार्ने प्रभाव पनि कम देखिएको छ।

    धूम्रपानको के असर ?
    युरोपको रोग नियन्त्रणसम्बन्धी एउटा निकायले बढी उमेरका मानिसभन्दा पनि धेरै धूम्रपान गर्नेहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको हुनसक्ने बताएको छ। एक विवरणमा उसले पुराना अम्मली वर्तमान अम्मलीभन्दा बढी जोखिममा हुनसक्ने पनि उल्लेख गरेको छ।

    उनीहरूको कोषमा एक प्रकारको इन्जाइमका कारण त्यो हुनसक्ने बताइएको छ। सो निकायले धूम्रपान गर्नेहरूलाई पनि सो रोगको अति जोखिमा रहेका समूहमा राख्न भनेको छ। बीबीसीबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.