सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर १५ लाई बालमैत्री वडा घोषणाको तयारी


  •    /२३ बैशाख २०७६, सोमबार १८:३४ 
  • रत्ननगर :

    रत्ननगर नगरपालिका वडा नं. १५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । निर्धारित सबै सूचक पूरा गरेकाले घोषणाको तयारी गरिएको हो ।

    वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेले यही बैशाख २७ गते घोषणा गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । यस भन्दा अघि रत्ननगरका ४ वटा वडा बालमैत्री घोषणा भइसकेका छन् ।

    वडा घोषणाको लागि सबै बालबालिका विद्यालय गएको सुनिश्चितता, बालश्रमिक नरहेको, सबै बालबालिकाको जन्मदर्ता गरिएको, बालविवाह नभएको, बालकोष स्थापना तथा बालउद्यान निर्माण गरिएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।

    यसैबीच सोमवार नगर प्रमुख नारायण वनको नेतृत्वको टोलीले बालमैत्री वडा घोषणाको अन्तिम तयारीमा रहेको सो वडाको अनुगमन गरेको छ । टोलीले सो वडालाई बालमैत्री वडा घोषणा गर्नु पूर्व गरिएका कामहरुको बारेमा स्थलगत अनुगमन गरेको हो ।

    टोलीले वडा भित्र रहेका विद्यालय, जन्मदर्ता, बाल विवाहको अवस्था, बालउद्यान निर्माणको बारेमा अनुगमन गरेको वडा स्तरीय बाल संरक्षण समितिका सचिव सन्तोष थापाले जानकारी दिनुभयो । २०७५ साल असोज महिनामा गरिएको सर्वेक्षणले सो वडामा ११ जना बालश्रमिक र ५ जना विद्यालय नियमित हुन नसकेका बालबालिका रहेको पाइएको थियो । ति मध्य २ जना बालबालिकाहरुलाई रोजगारदातसँग मनोपरामर्श गरी परिवारमा पुनर्मिलन, ३ जना बालबालिकालाई सीपमूलक तालिम, ६ जना बालश्रमिक र ५ जना विद्यालय नियमित नभएका बालबालिकालाई शैक्षिक सहयोग गरी विद्यालय भर्ना गरिएको वडा अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

    अनुगमनपछि आयोजित कार्यक्रममा प्रमुख वनले आगामी फागुन महिनाको अन्तिम साता नगरलाई बालमैत्री घोषणा गर्ने योजना रहेको रहेको बताउनुभयो । नगर भित्रका होटल तथा घरमा कार्यरत बालश्रमिकलाई श्रमबाट मुक्त गरी तोकिएकै समयमा रत्ननगरलाई बालमैत्री घोषणा गरिने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगम सापकोटा, बाल संरक्षण समितिका संयोजक राजेन्द्र हमाल, बाल संरक्षण तथा बालश्रम न्यूनीकरण समितिका सदस्य उपेन्द्र आचार्य, बालश्रम न्यूनीकरण कार्यक्रमका श्रोत व्यक्ति विश्वास श्रेष्ठ, शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्मा, शिक्षा अधिकृत राजेन्द्र बराल, स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपाने, महिला तथा बालबालिका शाखा प्रमुख सीता खनाल, बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका अधिकृत रोजिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.