सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार २३:०१ 
  • चाड । जिहादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी उत्तरी अफ्रिकी देश चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो ।

    घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाईजेरियावाट आफ्नो अभियान सुरु गरेका हुन् ।

    “आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौ” राष्ट्रपति ईट्नोले मंगलवार भन्नुभयो । उहाँका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो ।

    उहाँले घटनास्थल क्षेत्रको भ्रमण समेत गर्नुभएको छ । नाईजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । रासस/एएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.