सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार २२:४० 
  • लण्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उहाँको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो ।

    उहाँकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण पुष्टि भएसगैँ राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बस्नुभएको छ ।

    राजकुमार चार्ल्सको निजी सचिवालयले भनेको छ, “उहाँलाई सामान्य लक्षणहरू देखिएपनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उहाँले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आउनुभएको छ ।

    चिकित्सकहरूले पनि ७१ बर्षीय राजकुमार चार्ल्स बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

    केही हप्तायता उहाँ धेरै सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएकोले ‘कसबाट राजकुमारमा भाइरस सर्यो त्यो पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.