सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लकडाउन’ उल्लङ्घन गर्ने विरुद्ध कडा बन्दै प्रहरी, पक्राउ गर्दै प्रशासनमा बुझाउँदै


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार १९:४० 
  • चितवन । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सरकारले लागू गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने विरुद्ध चितवन प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउन उल्लङ्घन गरी सवारी साधन लिएर हिँड्ने व्यक्ति र सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

    आज मात्रै चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट दुई सय तेइस सवारी साधन नियन्त्रणमा लिएको छ । जसमध्ये अटेर गरी जबरजस्ती लकडाउन उल्लङ्घन गर्ने पुरुष २९ जना र महिला १ जना गरी ३० जनालाई जिल्ला प्रशासन कार्यालय, चितवनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई प्रति व्यक्ति एक हजार रुपैयाँ जरीवाना गराएर छोडेको छ ।

    प्रहरीले एक सय ८३ वटा मोटरसाइकल, २४ वटा स्कुटी, दुई वटा कार, दुई वटा बलेरो जीप, म्याजिक भ्यान एउटा, अटो ६ वटा, ट्रयाक्टर ३ वटा र ट्रक दुई वटा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुलाई पहिलोपटकका लागि सुध्रिने मौका दिई पुनः गल्ती नदोहोर्याउने शर्तमा छोडिएको तथा घरबाट अनावश्यक रुपमा निश्किएका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको पनि प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.