सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरस : न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो


  •    न्युजभित्तो/१२ चैत्र २०७६, बुधबार ०९:०९ 
  • न्यूयोर्क (अमेरिका) । न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड–१९ ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्।

    मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।

    संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए।

    न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण अनि कम्तीमा दुई सय १० जनाको मृत्य भइसकेको छ।

    अमेरिका अर्को ‘केन्द्रविन्दु’
    विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बतायो। राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।

    न्यूयोर्कबाट आउनेहरू क्वारान्टीनमा
    अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर ‘सेल्फ क्वारान्टीन’मा बस्न भनेको छ। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो शहरलाई सङ्क्रमणको एक केन्द्रविन्दु भएको बताए।

    अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ सोही शहरबाट पत्ता लागिरहेका छन्। अमेरिकामा ५३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। सात सयजनाको ज्यान गइसकेको छ।

    राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन्। इस्टर सम्ममा अमेरिकीहरू काममा फर्कनेमा म आशावादी छु। तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु।’

    अन्यत्रको अवस्था
    ब्रिटेनले आगामी साता चार हजार मानिसलाई उपचार गर्न सक्ने आपतकालीन उपचार कक्ष खोल्ने जनाएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले पूर्वी लण्डनस्थित एक प्रदर्शनीकक्षलाई अस्पतालमा परिणत गरिने बताए।

    स्वास्थ्य सेवालाई सघाउ पुर्याउन अनि जोखिममा रहेका मानिसलाई मद्दत गर्न अढाइ लाख स्वयंसेवी भर्ना गर्ने प्रयास गरिने पनि उनले बताए। ब्रिटेनमा थप ८७ सहित चार सय २२ जनाको कोभिड १९ बाट ज्यान गइसकेको छ।

    कोरोनाभाइरसका कारण इटलीले चर्को मूल्य चुकाउने क्रम रोकिएको छैन। त्यहाँ गत २४ घण्टामा थप सात सय ४३ जनाको ज्यान गएको छ। तर नयाँ सङ्क्रमणको वृद्धि दर भने लगातार तेस्रो दिन पनि घटेको छ।

    स्पेनमा एक दिनमा पाँच सयभन्दा धेरैको ज्यान गएपछि उसले उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग मानवीय सहायता मागेको छ। बीबीसीबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.