सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिनल्याड विश्वको सबैभन्दा खुशी मुलुक, नेपाल सयौँ स्थानमा


  •    न्युजभित्तो/७ चैत्र २०७६, शुक्रबार २१:२२ 
  • हेलसिन्की । विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् ।

    ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको आधारमा गरिएको मुल्याङ्कनका आधारमा फिनल्याण्डलाई विश्वको सबैभन्दा खुशी मुलुक घोषणा गरेका बताइएको छ ।

    अनुसन्धानका लागि विज्ञहरूले हरेक मुलुकको कूल ग्राहस्थ उत्पादन, सामाजिक सहयोग, व्यैयक्तिक स्वतन्त्रता र भ्रष्टाचारको तहलाई आधार बनाएर खुशीयाली मुलुकको अङ्क दिइएको बताएका छन् ।

    हरेक सात रिपोर्टमा स्वीट्जरल्याण्ड, न्यूजिल्याण्ड अष्ट्रियालगायतका स्कान्डिनाभियाली मुलुकहरू अग्र दश स्थानमा पर्न सफल भएका थिए । विश्वका दश खुशी मुलुकभित्र लक्जेमवर्ग पनि पर्न नसकेको विज्ञहरूले बताएका छन् ।

    “खुशी राष्ट्रहरूका लागि सम्पत्तीको चेत, आपसी आनन्द र विश्वासको भावना, सहकारीता तथा साझा संस्थान तथा दायित्वका बिषयलाई गहन अध्ययन गरिएको थियो,” अनुसन्धान रिपोर्ट तयार गर्नेमध्येका एक विज्ञ जोन हेलिवेलले विज्ञको तर्फबाट जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ ।

    यसैबीच, यो सूचीको अन्त्यमा हिंसात्मक द्वन्द्वको सामना गरिरहेका र अत्यन्त गरिबीको रेखामूनि रहेका जिम्वाब्वे, दक्षिण सुडान र अफगानिस्तानजस्ता मुलुकहरू रहेका थिए ।

    सूचीमा अस्ट्रेलिया एघारौँ स्थानमा रहेको छ भने कोस्टारिका बाह्रौँ, इजरायल तह्रौँँ, लक्जेम्वर्ग चौधौँँ र बेलायत पन्ध्रौँँ नम्बरमा रहेका छन् । त्यस्तै जर्मनी सत्रौँँ, अमेरिका अन्नाइसौँँ, फ्रान्स चौबिसौँ, सिङ्गापुर चौतिसौँँ, जापान अन्ठाउन्नौँँ, पाकिस्तान सतसट्ठीऔँ, रूस अठसट्ठीऔँ, चीन त्रियानब्वेऔँ स्थानमा रहेका छन् ।

    त्यसैगरी नेपाल दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानपछि अग्रस्थानमा अर्थात् सयौँँ स्थानमा परेको छ भने बङ्गलादेश १२५औँ, श्रीलङ्का १३०औँ, भारत १४०औँ स्थानमा रहेका छन् ।

    अन्तिम तीन स्थानमा क्रमशः अफगानिस्तान, मध्य अफ्रिकी गणतन्त्र र दक्षिण सुडान रहेका छन् । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.