सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रहनुभएन साहित्यकार डिपी भण्डारी


  •    न्युजभित्तो/१ चैत्र २०७६, शनिबार १९:४३ 
  • काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारमा रहनुभएका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान साढे ११ बजे निधन भएको उहाँको परिवारले जनाएको छ ।

    त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गर्नुभएका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित हुनुहुन्थ्यो । विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्नु हुन्थ्यो । उहाँ निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा चिनिनुहुन्थ्यो ।

    उहाँका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उहाँ प्रवचन दिने गर्नुहुन्थ्यो । पुख्र्यौली घर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्नुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.