राष्ट्रिय
सुदूरपश्चिम, ३१ साउन । सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ । मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन...
भक्तपुर, ३१ साउन । भक्तपुर थालाछेँकी ८४ वर्षीय कृष्णमाया देउपाला निकै हर्षित हुनुहुन्छ । आफ्नै घरआँगनको सयौँ वर्ष पुरानो स्वर्णरङ्गी नागको नागपञ्चमीका दिन दर्शन गर्न पाउने भएपछि उहाँ दङ्ग हुनुभएको हो । भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा हरेक वर्ष नागपञ्चमीका दिन...
काठमाडौँ, २९ साउन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सञ्चार मन्त्रालयमा आज नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उहाँले टेलिफोन तथा...
काठमाडौँ, २८ साउन । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा...
काठमाडौँ, २८ साउन । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले...
काठमाडौँ, २७ साउन । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताउनुभएको छ । उहाँले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई...
चितवन, २७ साउन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन...
काठमाडौँ, २६ साउन ।निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न...
काठमाडौँ, २६ साउन । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गरेको छ ।...
काठमाडौँ, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड...
















