समाज

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई...

चखेवा–पाँचधारे सडक स्तरोन्नतिपछि स्थानीयलाई सहज
-न्युजभित्तो

भोजपुर, १२ कात्तिक  ।  बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको छ । केही समय अघिको लगातारको वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएको सडकलाई टेम्केमैयुङ गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको हो ।  यहाँका दुई पर्यटकीय क्षेत्र चखेवा...

बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण
-न्युजभित्तो

बैतडी, १२ कात्तिक । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताउनुभयो ।  स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द...

निर्माण सकिएको डेढ वर्षपछि कुश्मा बसपार्क सञ्चालनमा
-न्युजभित्तो

पर्वत, १२ कात्तिक । निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गरिने भएको छ ।  मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको जनप्रतिनिधि, यातायात व्यवसायी र अन्य सरोकारवालाबीचको छलफलपछि बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो ।...

ताराखेतमा थकाली ‘होमस्टे’
-न्युजभित्तो

म्याग्दी, १२ कात्तिक । म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त होमस्टेमा एक दिनमा...

‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ११ कात्तिक । भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउनुहुन्छ । रानाथारू घरबास (होमस्टे)का सञ्चालकसमेत रहेका उहाँ ‘सिजन’मा पर्यटक नआएपछि दुई वर्षयता निराश हुनुहुन्छ ।  “दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा थुप्रै...

बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित
-न्युजभित्तो

सोलुखुम्बु, ११ कात्तिक । सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भन्नुभयो, “दिङ्बोचेभन्दा...

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त
-न्युजभित्तो

त्रिशूली (नुवाकोट), ११ कात्तिक । यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् । चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने...

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ११ कात्तिक । भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही ठाउँका २८ वर्षीय कृष्णबहादुर शाहीलाई दुई थान भालुको...

सिन्धुलीमा कार दुर्घटना हुँदा एकको मृत्यु
-न्युजभित्तो

सिन्धुली, ११ कात्तिक । बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ । दुर्घटनामा परी...