राष्ट्रिय

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं,२१ पुस  । आज सुनको मूल्यको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको...

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं, २१ पुस  । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्‍त्रिपरिषद् बैठक आज दिउँसो साढे १ बजे बस्‍न लागेको हो । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । देउवा यही पुस २५ गते...

विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ । विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महङ्गो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने
-न्युजभित्तो

काठमाडौँ, २१ पुस  । नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको...

बिहुँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई
-न्युजभित्तो

बलेवा, २१ पुस। एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए...

हुप्सेकोटका पहिरापीडित भन्छन्, ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’
-न्युजभित्तो

कावासोती, २१ पुस। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरापीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो । करिब तीन महिना...

रसुवामा सुक्खा पहिरो पन्छाउन थालियो
-न्युजभित्तो

रसुवा, २१ पुस  । मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो । पहिरो हटाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक...

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु
-न्युजभित्तो

जनकपुर, २१ पुस । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय...

पवित्र तीर्थस्थल देवघाटमा माघे सक्रान्ति मेलाको तयारी तीव्र
-न्युजभित्तो

रत्ननगर, २१ पुस । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन...

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ६ जनाको उम्मेदवारी : यस्तो छ मतभारको अवस्था
-न्युजभित्तो

कर्णाली, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णाली प्रदेशमा हाल स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक...