सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले क्षति पु¥याएको सडक अटो व्यवसायीद्वारा सञ्चालन


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार ११:१९ 
  • डोटी, २९ पुस । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको पक्की पुलदेखि विमानस्थलसम्म जोड्ने सडक यहाँका अटो व्यवसायीले सञ्चालन गरेका छन् । गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षासँगैको बेमौसमी बाढीले उक्त सडकमा पूरै क्षति पु¥याएको थियो । सेती नदीसँगै जोडिएको उक्त सडकमा नदीले बगाएर ल्याएका बालुवा, काठ, ढुङ्गा जम्मा भएका कारण यातायात सञ्चालनमा निकै समस्या हुँदै आएको थियो ।

    यातायात सञ्चालनमा समस्या हुनुका साथै सडक भरी जम्मा भएका बालुवा, काठ, ढुङ्गा अहिलेसम्म पनि नहटाएका कारण आफूहरूले उक्त सडक सफा गरी यातायात सञ्चालनमा सहज गराएको जिल्लामा सञ्चालित भागेश्वर अटो प्रालीका सचिव प्रदीप बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीको बाढीले सडक बिगारेको महिनौँ हुँदासम्म कुनै पनि निकायबाट बाटो खुलाउनका लागि पहल भएन, हामी आफैँले अहिले सडक सुचारु गराएका छौँ, सबैलाई राहत भएको छ ।”

    भागेश्वर अटो प्रालिले भाडामा स्काभेटर लगाएर उक्त सडक खुलाएको हो । यसअघि यहाँका अटो व्यवसायीले कुलपाते–राजपुर सडकमा आएको पहिरो पन्छाउनुका साथै सडकभरिमा रहेका खाल्डाखुल्डी पुरेका थिए । जिल्लामा विगत तीन वर्षदेखि सञ्चालनमा आएको अटो व्यवसायका कारण छोटो दूरीको यात्राका लागि निकै सहजसमेत भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.