राष्ट्रिय

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

लुम्बिनी, ९ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्नुहँुदै परराष्ट्रमन्त्री श्रेष्ठले...

एकैदिन २ हजार ६ सयले बढेको सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
-न्युजभित्तो

काठमाडौँ, ८ चैत । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (बिहीबार)तोलामा २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार ९ दिनपछि नयाँ रेकर्ड...

वर्षैपिच्छे तापक्रम बढ्दै जाँदा पृथ्वी सङ्कटमा पर्ने राष्ट्रसङ्घको चेतावनी
-न्युजभित्तो

काठमाडौँ, ७ चैत । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । वर्षैपिच्छे पृथ्वीको तापक्रम बढेसँगै सन् २०२३ अहिले सम्मकै तातो वर्ष रहेको पुष्टि भएको थियो । यस वर्ष अघिल्लो वर्षको रेकर्ड पनि...

सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला...

डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान
-न्युजभित्तो

तनहुँ, ६ चैत । तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो...

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा...

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
-न्युजभित्तो

काठमाडौं , ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई...

“तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” चैत १० मा
-न्युजभित्तो

चितवन , ४ चैत ।  चितवनको भरतपुरमा “तेश्रो प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिता एमटिवि एक्ससिओ २०८०” हुने भएको छ । भरतपुर भम्रण बर्ष २०२४ को अवसर पारेर साईकल सिटिको रुपमा भरतपुरलाई विकास गर्न प्रतियोगिता गर्न लागेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य एवंम्...

सबै बालबालिकालाई खोप लगाउन उपप्रधानमन्त्री यादवको अनुरोध
-न्युजभित्तो

काठमाडौँ, २ चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गर्नुभएको छ । आज एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा...

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु
-न्युजभित्तो

चितवन, २ चैत  । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा...