राष्ट्रिय

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित
-न्युजभित्तो

काठमाडौं,२ माघ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ । च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल...

१४ टन मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो
-न्युजभित्तो

काठमाडौँ, २ माघ । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो...

पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले
-न्युजभित्तो

काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको...

नयाँ भेरिएन्टपछि कञ्चनपुरका सीमामा कडाइ
-न्युजभित्तो

कञ्चनपुर, २ माघ ।  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ। छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा...

चितवन राष्ट्रिय निकुञ्जमा दुई वर्षको पोथी गैँडा मृत फेला
-न्युजभित्तो

चितवन, २ माघ । चितवन निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत फेला परेको छ । उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताए । गैँडाका खाग र खुर...

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो
-न्युजभित्तो

काठमाडौँ, २ माघ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार प्राविधिक गडबडी आएपछि जहाज फर्किएको हो र अहिले प्राविधिक टोलीले जाँच गरिरहेका...

सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान उड्यो
-न्युजभित्तो

काठमाडौं,२ माघ । अफगानिस्तानका लागि सहायता सामग्री लिएर नेपाली परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तान प्रस्थान गरेको छ । औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित टोली हिमालयन एयरलाइन्सको चार्टड विमानबाट अफगानिस्तानको राजधानी काबुलका लागि प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि विमानस्थलमा आयोजित पत्रकार...

तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
-न्युजभित्तो

दमौली,२ माघ  ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ। उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन...

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण
-न्युजभित्तो

काठमाडौं,२ माघ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
-न्युजभित्तो

काठमाडौं,२ माघ  । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते बोलाएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक...