सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रगतको अभाव, समस्यामा बिरामी


  •    न्युजभित्तो/३० फाल्गुन २०७६, शुक्रबार १३:२० 
  • चितवन । रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ ।
    कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि रक्तदानका कार्यक्रम नै कम भएको हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँले जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या परेको बताउनुभयो । सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध भएपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएका छन् ।

    विद्यालय, विभिन्न सामाजिक सङ्घसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित हुँदा रगत सङ्कलन गर्न कठिन परेको सभापति न्यौपानेले बताउनुभयो । “रक्तदान कार्यक्रम नहुँदा बिरामी र बिरामीका आफन्तले स्रोत भर्नामार्फत सङ्कलन भएको रगतले मात्रै यहाँका अस्पतालमा रगत उपलब्ध गराउनुपरेको छ”, उहाँले भन्नुभयो ।

    भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पुर्याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

    अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्ने गर्दछ । कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायत जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको थियो । ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ ।

    जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा रगत आवश्यक पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.