‘बालिका अपहरण गर्ने विप्लवका १४ कार्यकर्ता हतियारसहित जङ्गलबाट पक्राउ’
न्युजभित्तो/२९ फाल्गुन २०७६, बिहीबार २३:३३
उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अपरहण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा आज प्रहरीले सो जङ्गलमा खोजी गर्दा ती १४ जनालाई हातहतियारसहित पक्राउ गरी अपरहणमा परेकी मोक्तानलाई उद्धार गरिएको हो ।
पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बुढामगरले बताउनुभयो ।
पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन थान पेस्तोल, एक थान म्यागेजेन, ११ थान प्रेसरकुकर बम, ११ थान सकेट बम, तीन थान डेटोनेटर, तीन थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हतियार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।
जिल्ला इञ्चार्ज पनि समातिए जिल्ला प्रहरी कार्यालय उदयपुरले गोप्य सूचनाका आधारमा भूमीगत नेत्रविक्रम चन्द ‘विप्लव’समूहका उदयपुर जिल्ला इञ्चार्ज तथा सेक्रेटरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा गढी गाउँपालिका–४ अँधेरी बस्ने वर्ष ४४ का जीतबहादुर पुलामी मगर रहेका छन् ।
पुलामी मगर स्थानीय चित्रबहादुर मगरको घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले सम्बन्धित स्थानमा गएर आज उनलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताउनुभयो । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि अनुसन्धान शुरु गरिएको छ । सेक्रेटरी मगरको साथबाट तीन थान मोबाइल र केही महत्वपूर्ण कागजात प्रहरीले बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।
उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अपरहण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा आज प्रहरीले सो जङ्गलमा खोजी गर्दा ती १४ जनालाई हातहतियारसहित पक्राउ गरी अपरहणमा परेकी मोक्तानलाई उद्धार गरिएको हो ।
पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बुढामगरले बताउनुभयो ।
पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन थान पेस्तोल, एक थान म्यागेजेन, ११ थान प्रेसरकुकर बम, ११ थान सकेट बम, तीन थान डेटोनेटर, तीन थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हतियार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।
जिल्ला इञ्चार्ज पनि समातिए
जिल्ला प्रहरी कार्यालय उदयपुरले गोप्य सूचनाका आधारमा भूमीगत नेत्रविक्रम चन्द ‘विप्लव’समूहका उदयपुर जिल्ला इञ्चार्ज तथा सेक्रेटरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा गढी गाउँपालिका–४ अँधेरी बस्ने वर्ष ४४ का जीतबहादुर पुलामी मगर रहेका छन् ।