सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काङ्ग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता


  •    /२१ बैशाख २०७६, शनिबार २२:०१ 
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ ।

    काङ्ग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्नेलगायत विषयमा सूचना दर्ता गराएको जनाएको छ ।

    काङ्ग्रेसले नीति कार्यक्रममा प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी सङ्घीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम प्रस्तावित गरेको तथा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै संशोधन दर्ता गराएको पार्टीका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

    काङ्ग्रेसले उपरोक्त कारणले समग्रमै संशोधनका सबै बुँदामा फेरबदल गरी वार्षिक नीति तथा कार्यक्रम संशोधन गर्न सूचना पेश गरेको जनाएको छ । सांसदहरु बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पुष्पा भुसाल, अतहर कमाल मुसलमान, पदमनारायण चौधरी, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, मानबहादुर विश्वकर्मा, जिपछिरिङ लामा, दीलेन्द्रप्रसाद बडु, डिला सङ्ग्रौला, दिव्यमणि राजभण्डारी, पार्वता डिसी चौधरी, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, मिना सुब्बा, रङ्गमती शाही, विमला नेपाली, लक्ष्मी परियार, सरवत आरा खानम हलवाइनी, प्रकाश रसायली, मीना पाण्डे, सुजाता परियार र मिनाक्षी झाको तर्फबाट संशोधन दर्ता गराइएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.