सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपा अध्यक्षत्रय राणा, लोहनी र थापाद्वारा पदबहाली


  •    न्युजभित्तो/२९ फाल्गुन २०७६, बिहीबार २२:१४ 
  • काठमाडौँ । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदबहाली गर्नुभएको छ । थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकीकरण भएपछि आज नेतात्रयले पदबहाली गर्नुभएको हो ।

    सो अवसरमा अध्यक्ष राणाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले देश र जनताको हितमा काम गर्न नसकेका कारण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खाँचो भइरहेको बताउनुभयो । अर्का अध्यक्ष लोहनीले मुलुकमा विधिको शासन कायम हुन नसक्दा दण्डहीनता बढेको र भष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै देशमा अहिले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको दावी गर्नुभयो । अध्यक्ष थापाले निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनुपर्ने बताउँदै कार्यकर्ताको दबाबमा एकता सम्भव भएकाले विगतका गल्तीबाट पाठ सिक्दै अब पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । एकीकरणसम्बन्धी आधारपत्रमा संविधानमा रहेका असहमतिमा कायम राख्दै पार्टीको आदर्शलाई अगाडि बढाउने उल्लेख छ । हिन्दू राष्ट्र कायम गर्नेलगायतलाई राप्रपाको मूल सैद्धान्तिक आधारको रुपमा स्वीकार गरिएको छ । पार्टीमा आगामी महाधिवेशनसम्म अध्यक्षत्रय कायम रहनुहुने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.