सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मल्लको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


  •    न्युजभित्तो/२७ फाल्गुन २०७६, मंगलवार २२:१२ 
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन रत्ननगर कार्यसमितिका पूर्वसभापति सम्मरबहादुर मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पूर्वनगरसभापति मल्लको गए राति काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा ५६ वर्षको उमरेमा निधन भएको हो । मल्ल मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्व मल्लले काँग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

    यसैगरी सभापति देउवाले विसं २०१८ मा तनहुँको कोत्रेमा शहीद हुनुभएका लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । अमृता गुरुङको आज भरतपुर महानगरपालिका–१९ स्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

    संलग्न तस्बिर– स्वर्गीय सम्मरबहादुर मल्ल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.