सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार


  •    न्युजभित्तो/२७ फाल्गुन २०७६, मंगलवार ००:०१ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उहाँको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

    सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.