सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोज्याक विछ्याएर बनाइयो सगरमाथा मार्गको बाटो


  •    न्युजभित्तो/२६ फाल्गुन २०७६, सोमबार २३:२७ 
  • चितवन । भरतपुर–७, कृष्णपुरस्थित सनराईज टोल विकास संस्था अन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभाका साँसद कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र बजेटबाट प्राप्त रकमले सो मार्गको करिब एक सय ३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । साँसद पोखरेलले उक्त बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपँयाँ बिनियोजन गर्नुभएको थियो ।

    भरतपुर महानगरले उक्त बाटोको लागि पन्ध्र लाख रुपँयाँको लागत ईष्टिमेट तयार पारेर कार्यादेश दिएपनि बाँकी रकम जनसहभागिताबाट पूरा गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो । पोखरेलकाअनुसार उक्त मार्गमा उच्चस्तरको ‘इण्टरलक मोज्याक’ बिछ्याईएको छ ।

    सोमबार उपभोक्ता समितिद्वारा आयोजित खर्च सार्वजनिकिकरण कार्यक्रममा नवनिर्मित सगरमाथा मार्गको साँसद कृष्णभक्त पोखरेलले निरीक्षण गर्नुभयो । कार्यक्रममा साँसद पोखरेलले उपभोक्ता समिति, स्थानीय तह र निर्माण कम्पनीबीच तालमेल नहुँदा कतिपय परियोजनाहरु समयमै सम्पन्न नहुने, सम्पन्न भएपनि गुणस्तरको नहुने गरेको अनुभव प्रस्तुत गर्दै सनराइज टोलका उपभोक्ताले सबैलाई तालमेल गराएर नमुनायोग्य बाटो बनाएकोमा खुशी व्यक्त गर्नुभयो ।

    आफ्नो निर्वाचन क्षेत्रमा बिनियोजित परियोजनामध्ये यो बाटो निर्माण गर्न यहाँका उपभोक्ताहरुले समयमै सम्झौता गरी जिल्लामा नै पहिलोपटक काम सम्पन्न गरेको पनि साँसद पोखरेलले जानकारी दिनुभयो ।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, चित्रवन साकोसका अध्यक्ष सन्तबहादुर गुरुङ, सनराइज टोल विकास संस्थाका अध्यक्ष बाबुराम देवकोटा, सल्लाहकार भीमसेन देवकोटा, कृष्णबहादुर रानाभाट, नेकपा चितवनका कार्यालय सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’लगायतले भौतिक निर्माणसँगै महानगरका टोलले अब स्वास्थ्य र सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेत्रजङ्ग जिसीले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.