सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शीर्ष नेतामा कुनै समस्या नभएको प्रचण्डको जिकिर, भन्नुभयो,‘हामी मिलिहाल्छौँ’


  •    न्युजभित्तो/२५ फाल्गुन २०७६, आईतवार २३:३१ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर विचलित नहुन तल्लो तहका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा चितवनको सचिवालय बैठकमा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न अनुरोध गर्नुभयो ।

    बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष दाहालले भन्नुभयो, “माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।” शीर्ष नेतामा कुनै समस्या नभएको भन्दै उहाँले ‘हामी मिलिहाल्छौँ, तपाईंहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ’ भन्नुभयो । तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु पार्टीको खम्बा हो, जनस्तरमा पार्टीको कार्य योजना, सरकारको काम, पार्टीले खेल्नुपर्ने भूमिका सबै जिम्मेवारी पूरा गर्नु छ ।”

    कार्यकर्तामा समस्या आएमा त्यसलाई जोड्न धेरै मेहनत गर्नुपर्ने भन्दै उहाँले ‘शीर्ष नेतृत्वमा के भयो भन्दा पनि हामी एक छौँ तपाईंहरुलाई हाम्रो यस्तो सुझाव छ’ भनेर सल्लाह दिनसमेत अध्यक्ष प्रचण्डले आग्रह गर्नुभयो । सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुनेमा ढुक्क रहन उहाँले अनुरोध गर्नुभयो । “अर्का अध्यक्ष तथा प्रधानमन्त्री उपचारका लागि अस्पतालमा हुनुहुन्छ त्यहाँबाट फर्केपछि निर्णय कार्यान्वयन हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “हामीले एक मत भएर उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका छौँ त्यो कार्यान्वयन हुनेछ त्यसमा दुई मत हुँदैन ।”

    पार्टीले सञ्चालन गरेका गतिविधि र सरकारले गरेका राम्रा कामको विषय जनस्तरसम्म लैजान उहाँले नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.