सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस, समृद्धि हासिल गर्न दिवसले मद्धत पुग्ने राष्ट्रपतिको विश्वास


  •    न्युजभित्तो/२५ फाल्गुन २०७६, आईतवार ०९:२५ 
  • काठमाडौँ । आज ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ ।

    नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाहरुले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडकमा आन्दोलन गरेका थिए ।

    त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइएको हो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा यो दिवस मनाउन थालिएको हो ।

    यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दिवसले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले महिला दिवसको उद्धेश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेकोमा जोड दिँदै दिवसले लैंगिक समानताका लागि क्रियाशिल सम्बद्ध सबैमा थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    • बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.