सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति, थापा, राणा र लोहनी समान हैसियतका अध्यक्ष


  •    न्युजभित्तो/२५ फाल्गुन २०७६, आईतवार ०८:५४ 
  • काठमाडौं । लामो समयको कसरतलाई मूर्त रुप दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकताको घोषणा यही फागुन २८ गते हुने जनाइएको छ ।

    दुई पार्टीबीच शनिबार राति एकताको १०बुँदे सहमति भएको हो । पार्टी एकीकरण सम्बन्धी आधारपत्रमा राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गर्नुभएको छ ।

    सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी गरी तीन जना महाधिवेशन नहुन्जेलसम्म अध्यक्ष रहनु हुनेछ । पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने पनि सहमति भएको छ ।

    तीन अध्यक्षको हैसियत र मर्यादाक्रम समान हुने सहमति छ । उक्त सहमतिमा आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.