सरकारलाई सफल नबनाए प्रतिगमनको खतरा : नेकपा प्रवक्ता श्रेष्ठ
न्युजभित्तो/२४ फाल्गुन २०७६, शनिबार १७:४६
काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभयो ।
“सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनको खतरा उत्पन्न हुनसक्छ”, उहाँले भन्नुभयो । प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारलाई आह्वान गर्दै मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेका भूमिका असाधारण रहेका चर्चा गर्नुभयो । उहाँले सूचना प्रविधिको विकाससँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको जनाउनुभयो । सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उहाँले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको बताउनुभयो ।
नेकपाका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश कमिटीका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनतालाई यथार्थपरक सूचना प्रवाह गरी प्रेस सङ्गठनलाई जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो । पत्रकारिता क्षेत्रमा महिला पत्रकारको सहभागिता बढाउनुपर्ने भन्दै उहाँले सङ्गठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताउनुभयो ।
प्रेस सङ्गठनका इञ्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले सङ्गठनका पत्रकारले पार्टी र सरकारको सकारात्मक आलोचनासमेत आवश्यक रहेको औँल्याउँदै समस्यालाई आन्तरिक छलफलका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सङ्गठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टी नै प्रेरणाको स्रोतका रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा विभिन्न प्रकारका सुधारका बारेमा सङ्गठनले विगत लामो समयदेखि बहस चलाउँदै आएको र सरकारले सोहीअनुसार संस्थागतरुपमा कानूनी आधार तयार गरेको बताउनुभयो ।
उहाँले संविधानसँग बाझिने कुनै पनि कानून नबन्ने उल्लेख गर्दै बनेमा पनि अदालतले खारेज गर्ने संवैधानिक अधिकार रहेको स्पष्ट पार्नुभयो । नेकपा वग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले वाग्मती प्रदेशले सबै सङ्गठन एकताका कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै पार्टीलाई आम नेपाली जनताका बीचमा सुदृढ तथा एकताबद्ध बनाउँदै लैजाने बताउनुभयो ।
सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रदेश तथा जिल्लाका सदस्यलाई शपथ ग्रहण गराउँदै पार्टीअनुसार सङ्गठन गतिशील र एकीकृत ढङ्गले अघि बढेको उल्लेख गर्नुभयो । पार्टी, सरकार र जनताबीच जोड्ने महत्वपूर्ण जिम्मेवारी प्रेस सङ्गठनको रहेको उल्लेख गर्दै उहाँले पार्टी र सङ्गठनको एजेण्डा गतिशील र उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले प्रेस सङ्गठनले श्रमजीवी पत्रकारको आन्दोलनलाई उच्च प्राथमिकता तथा मागलाई पूरा गर्न आफ्नो पूर्ण साथ र सहयोग हुनेसमेत प्रतिबद्धता जनाउनुभयो । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, सङ्गठनका सहसंयोजक गणेश बस्नेत, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्टलगायतले वर्ग सङ्घर्षको लामो लडाईंमा प्रेस सङ्गठनले समाजवादी यात्राको पार्टी तथा सरकारको सङ्कल्पमा साथ र सहयोग गरी अघि बढ्ने उल्लेख गर्नुभयो ।
उपत्यका प्रदेश कमिटी इञ्चार्ज शुरोजङ्ग पाण्डेले शुभकामना मन्तव्य राख्दै पार्टी तथा सरकारको भावी योजना तथा प्रतिपक्षीले गरेको भ्रमलाई चिर्न योजनाबद्द रुपले अघि बढ्ने उद्घोष गर्नुभयो । सङ्गठनका उपत्यका संयोजक नवराज दाहालले काठमाडौँ, भक्तपुर र ललितपुरमा सङ्गठनको एकता प्रक्रिया पूरा भएको जानकारी गराउनुभयो । कमिटीका सहसंयोजक प्रकाश सिलवालका अनुसार प्रदेश कमिटीका ६५, काठमाडौँका ४१, ललितपुरका ३७ र भक्तपुरका २९ सदस्यीय कमिटीका सदस्यलाई शपथ दिलाइएको थियो ।