प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार, हिँड्न र ‘नर्मल’ खाना खान थाल्नुभयो (अस्पतालको विज्ञप्तिसहित)
न्युजभित्तो/२४ फाल्गुन २०७६, शनिबार १६:२९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित प्रेस ब्रिफिङ अन्तर्गत अहिले दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले सामान्य हिँडडुल गर्न र ‘नर्मल’ खाना खान थाल्नुभएको जनाइएको छ । उहाँको गत बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको बताउनुभएको छ । ‘उहाँका भाइटल तथा ल्याब सूचकांकहरु सामान्य अवस्थामा छन्’ विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, प्रधानमन्त्रीलाई मिर्गौला दान गर्नुभएकी उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्थामा समेत राम्रो सुधार भइरहेको र उहाँले पनि नर्मल खाना खान र हिँडडुल गर्न थालिसक्नुभएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । उहाँको ल्याब सूचकांकहरु पनि सामान्य अवस्थामा रहेको चिकित्सकले जनाएका छन् ।