सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको मौज्दात पर्याप्त छ : आपूर्ति मन्त्रालय


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार २०:४० 
  • काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको मौज्दात पर्याप्त रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ ।

    अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा आग्रह गरेको छ ।

    कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेहरूविरुद्ध सरकार कठोररूपमा लागेको र निरन्तर बजार अनुगमन गरिरहने दृढता व्यक्त गर्दै मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज तुल्याइएको जनाएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा बिहीबार र शुक्रबार मन्त्रालयअन्तर्गतका विभाग, औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शसहित दैनिक उपभोग्य वस्तुको कारोवार गर्ने व्यवसायीको सङ्गठनका उच्च प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै उक्त मन्त्रालयले सबै उद्यमी–व्यवसायीले उपभोक्ता हितलाई केन्द्रमा राखेर व्यापार–व्यवसाय गर्ने र अनुगमन टोलीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका बताएको छ ।

    विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट नेपालसमेत उच्च जोखिममा रहेको सन्दर्भमा सरकारले उपभोक्तालाई नआत्तिन तर पूर्ण सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयले आज एक प्रेस वक्तव्य निकालेर ‘मास्क र स्यानिटाइजर’ को खपत बढी मात्रामा भएको र तिनको मौज्दातसमेत राख्ने प्रवृत्ति बढेकाले त्यसो नगर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.