सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एसइई परीक्षा सारिएको छैन : शिक्षा मन्त्रालय


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार १८:५२ 
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ ।

    सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसइई परीक्षा यथावत् रहने जनाउनुभएको हो ।

    उहाँले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने जनाउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.