सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैशाखदेखि हेटौँडाबाट वाग्मती टेलिभिजन


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार १७:५१ 
  • हेटौँडा । वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडाबाट आगामी वैशाख १ गतेदेखि वाग्मती टेलिभिजन प्रसारण हुने भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडामा आइटिआई मिडिया प्रालिका नाममा शुक्रबार वाग्मती टेलिभिजन दर्ता भएको छ ।

    तीन साताभित्र परीक्षण प्रसारण र नयाँ वर्षदेखि नियमित प्रसारणको तयारीसहित काम भइरहेको वाग्मती टेलिभिजनका प्रबन्धक रामकुमार एलनले बताउनुभयो । २४सै घण्टा प्रसारण हुने टेलिभिजनले नेवारी, तामाङ, भोजपुरी, अङ्ग्रेजी र नेपाली भाषमा दैनिक १४ बुलेटिन प्रसारण गर्ने छ ।

    हेटौँडामा प्रसारण स्टेसन निर्माण भइरहेको र एउटै प्रसारण गृहबाट टेलिभिजनसँगै नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम पनि प्रसारणमा ल्याइने कम्पनीका प्रबन्धक मनोज ढोडारीले बताउनुभयो । कम्पनीले दुवै एफमएमको पनि प्रसारण इजाजत लिइसकेको छ ।

    हेटौँडाका उद्योगी, व्यवसायी, समाजसेवीसहित सर्वसाधारणको चार करोड रुपैयाँ लगानीमा वाग्मती टेलिभिजन, नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम प्रसारणको तयारी भएको कम्पनीका अर्का प्रबन्धक तिलक अधिकारीले बताउनुभयो । टेलिभिजनका प्रबन्धक एलनका अनुसार रेडियो र टेलिभिजनमा ३० पत्रकारसहित ७५ जनाले रोजगारी पाउने छन् ।

    तस्बिर : वाग्मती टेलिभिजनको प्रसारण इजाजतपत्र दिँदै वाग्मति सञ्चार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रेवती सापकोटा र प्रमाणपत्र ग्रहण गर्दैै टेलिभिजनका प्रबन्धक रामकुमार एलन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.