सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउँछु : नवनियुक्त अध्यक्ष अर्याल


  •    न्युजभित्तो/२३ फाल्गुन २०७६, शुक्रबार १४:५६ 
  • काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । उहाँले आज सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताउनुभयो ।

    उहाँले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो । समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताउनुभयो । उहाँले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राख्नुभयो ।

    पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।

    नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उहाँलाई बधाई दिनुभएको थियो । विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुनुहुन्थ्यो । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.