सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जबजको उपादेयता अझै रहेको छ : नेपाल


  •    न्युजभित्तो/२२ फाल्गुन २०७६, बिहीबार २२:२१ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपादेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा उहाँले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेको उल्लेख गर्दै जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताउनुभयो ।

    उहाँले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिनुभयो । मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिनुभयो ।

    जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । “समाजवाद नै अहिलेको ध्येय हो । त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । गत भदौदेखि शुरु गरिएको शृङ्खलाबद्ध छलफलमा नेकपा सचिवालय सदस्य वामदेव गौतम, नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाल र मुकुन्द न्यौपाने सहभागी भइसक्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.