सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, डाक्टरले दिए कालो चिया, खान थाल्नुभयो तरल चीजहरु


  •    न्युजभित्तो/२२ फाल्गुन २०७६, बिहीबार ११:४० 
  • काठमाडौँ । हिजो मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकः सुधार आएको छ। उहाँको हिजो त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    प्रधानमन्त्री ओलीले आज बिहान कालो चिया पिउनु भएको रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ। रक्षामन्त्री पोखरेलले भन्नुभएको छ– ‘मैले चिकित्सकसँग कुराकानी गरेको थिएँ, प्रधानमन्त्रीले बिहान कालो चिया पिउनु भयो भन्नु भएको छ ।’

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको जानकारी दिनुभयो । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उहाँको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन दिउँसो ४ बजे औपचारिक जानकारी दिनेछ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

    प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा संग्रौलाले आफ्नो मिर्गौला दान गर्नुभएको थियो । संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.