सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, ५२ जना घाइते


  •    न्युजभित्तो/२२ फाल्गुन २०७६, बिहीबार ०८:५१ 
  • हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लोको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी सहित तीन जनाको हेटौंडामा उपचार सम्भव नभएपछि चितवन रेफर गरिएको थियो।

    उक्त दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गढी गाउँपालिका वडा नम्बर ७ सुकौरा गेबडाँडाका २७ बर्षीय सोमबहादुर मोक्तान र ४० बर्षीय सोमबहादुर रुम्बा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक पुरुषको पहिचान खुलेको छैन । मकवानपुरगढीको जीतपुर भञ्ज्याङबाट सुकौरा सातकन्या जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस अनियन्त्रित भई सडक छेउ भित्तामा ठोक्किएर पल्टिएको थियो ।

    दुर्घटनामा ५२ जना घाइते भएका छन्, जसमा १८ जना महिला र ३४ जना पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएकामा चार जनाको अवस्था गम्भीर, २२ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा तीन जनालाई चितवन रिफर गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.