सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना विरुद्ध सतर्कता र सचेतना अभियान थाल्ने काँग्रेसको घोषणा


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार २३:०५ 
  • काठमाडौँ । नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र सचेतना अभियान थाल्ने घोषणा गरेको छ ।

    काँग्रेसले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर पार्टी र आबद्ध संस्थाहरुमार्फत उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं त्यससँग आबद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायत कार्यक्रम आजैदेखि लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

    विश्वव्यापी रुपमा सङ्क्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरसबारे सरकार र समुदायका नाममा नेपाली काँग्रेसको १४ बुँदे अपिल कार्यान्वयनमा जोड दिँदै उहाँले विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    त्रिभुवन विमानस्थलमार्फत सङ्क्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा भरपर्दा स्वास्थ्य जाँचको केन्द्र स्थापना गर्न र सङ्क्रमण भित्रिन नदिनेतर्फ गम्भीर भएर लाग्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.