सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द


  •    न्युजभित्तो/१५ श्रावण २०८३, शुक्रबार १२:३६ 
  • काठमाडौँ, १५ साउन । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो समयदेखि भाडा नतिरेका स्टल बन्द गरिएका छन् ।

    सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनी दायित्वको कार्यान्वयन तथा समाज कल्याण परिषद्को सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयन गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार समाज कल्याण परिषद्ले सम्बन्धित संस्थालाई पटक–पटक लिखित पत्राचार, सार्वजनिक सूचना तथा अन्तिम ताकेतासमेत जारी गरी बक्यौता बहाल रकम भुक्तानी गर्न आग्रह गरेको थियो । तर, बारम्बारको आग्रह र चेतावनीलाई बेवास्ता गर्दै बहाल रकम नबुझाइएपछि नेपाल सरकारको निर्णयअनुसार कानुनी प्रक्रिया अवलम्बन गर्दै ती स्टल बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

    काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजले प्रयोग गर्दै आएको स्टल नं ३४ र ६८ तर्फ चैत मसान्त २०८२ सम्म रु दुई करोड ९० लाख २३ हजार ३६७ बहाल बक्यौता रहेको मन्त्रालयले जनाएको छ ।

    महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनले उक्त बक्यौता रकम असुलउपर गर्नुपर्ने औँल्याएको थियो । सार्वजनिक पुस्तकालय सेवा अन्त्य गर्ने उद्देश्य नभएको स्पष्ट गर्दै मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै समाज कल्याण परिषद्को पुनःसंरचना र व्यवस्थापन सुधारपछि पुस्तकालय सेवालाई अझ व्यवस्थित, प्रभावकारी र जनमैत्री ढङ्गले पुनः सञ्चालन गरिने जनाएको छ ।

    सार्वजनिक सम्पत्तिको उपयोग गर्ने सबै संस्था तथा निकायले सम्झौता तथा कानुनबमोजिम आफ्नो दायित्व अनिवार्य रूपमा पूरा गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.