जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४९ घाइते
न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार २२:२१
हेटौंडा । मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ४९ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा जन्ती बोकेको ना ३ ख ३५५६ नम्बरको बस पल्टिएको थियो ।
जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको र ४९ जना घाइते भएका मकवानपुर प्रहरीले बताएको छ । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरगढीबाट हेटौंडातर्फ आउँदै गरेको बस दुर्घटना भएको हो ।
मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ का सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ का सोमबहादुर मोक्तान रहेका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने अर्का व्यक्तिको नाम, थर, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक तीनैजना पुरुष रहेका र उनीहरुको शव हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंका अनुसार बकैया–११, घट्टेबाट दुलही लिएर गढी–७, कन्यातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते हुनेहरुमा सञ्चमाया भोलन, विजय भोलन, सूर्य भोलन, सुजन मोक्तान, प्रविन थिङ, प्रयास मोक्तान, अक्कल रुम्बा, अजयकुमार स्याङतान, सुनित गोले, सुकलाल दोङ, भीमबहादुर थिङ, मानबहादुर दोङ, दिलकुमारी दोङ, सम्झना गोले, मञ्जु घलान, मिलन पाख्रिन, सुनिता थिङ, सकुमणि स्याङतान, बुकेबहादुर रुम्बा, जङबहादुर रुम्बा, सुनकुमारी मोक्तान, ज्ञान्ती दोङ, राममाया दोङ, सबिस दोङ, कुमार थिङ, अञ्जु घलान, मिलन स्याङतान, निरुता स्याङतानलगायत रहनु भएको छ ।