प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मदन भण्डारी फाउण्डेशनले गर्यो भरतपुरमा दीप प्रज्वलन
न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार २०:२४
भरतपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज बुधबार भरतपुरमा दीप प्रज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जिल्लाका नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
सो अवसरमा नेकपा वाग्मती प्रदेश कमिटीका सहइन्चार्ज काशिनाथ अधिकारीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताउँदै अब उहाँको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो । राष्ट्र निर्माण अभियानका महानायक ओलीले अघि बढाउनु भएको समृद्धिको यात्राले सार्थकता पाउने अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सफल मिर्गौला प्रत्यारोपण भएको छ ।
फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईको संयोजनमा भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश सभा सदस्य विजय सुवेदी, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।