सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार १६:२४ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ ।अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाकाअनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।

    मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएसँगै उहाँलाई आइसीयूमा सारिएको छ ।

    उहाँको मिर्गौैला प्रत्यारोपणको काम सफतापूर्वक सम्पन्न भएको र प्रत्यारोपण सकिएको १५ मिनेटपछि पाँच सय एमएल पिसाव भएको प्राडा ज्ञवालीले सञ्चारकर्मीलाई बताउनुभएको छ । यसको विस्तृत विवरण केही समयमा अस्पतालले दिने बताइएको छ ।

    मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

    उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाले मिर्गौला दान गर्नु भएको हो । उहाँको अवस्था पनि राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ । सङ्ग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारिएको छ । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.