सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया जारी


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार १५:०० 
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शल्यक्रिया जारी रहेको छ । उहाँलाई शल्यक्रियाका लागि बिहान १० बजे ‘अपरेसन थिएटर’मा लगिएको थियो ।

    प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै प्रधानमन्त्री ओलीको आज अपरान्ह ४ बजेसम्ममा शल्यक्रिया सकिने जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको हो । उहाँलाई पनि आज प्रधानमन्त्री ओली भन्दा केहिबेर अघिमात्र अपरेसन थिएटरमा लगिएको थियो ।

    मिर्गौला दान गर्नुभएकी संग्रौलाले आफूले ‘प्रधानमन्त्री ओलीका लागि नभई भोलिको नेपालका लागि मिर्गौला दान गरेको’ बताउनुभएको थियो । चिकित्सकहरुका अनुसार मिर्गौला दिने र लिने दुबैको एकैसाथ अप्रेसन हुन्छ ।

    प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो । यससँगै उहाँको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उहाँको शरीरमा चार वटा मिर्गौला हुनेछ । प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि शुरु हुन्छ ।

    प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न उहाँको पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक डा अनन्त कुमार पनि भारतबाट नेपाल आउनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया भइरहेको त्रिवि शिक्षण अस्पताल परिसरमा उहाँका शुभचिन्तक, नेकपाका नेता तथा कार्यकर्तालगायतको बाक्लो उपस्थिति रहेको छ । उनीहरुले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.