सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको डरले पर्यटक आउन छाडे, सौराहाका होटल कर्मचारीलाई बिदा दिन थालियो


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार १३:०६ 
  • नारायण अधिकारी
    चितवन । कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो सङ्ख्या निकै न्यून हुने उहाँको भनाइ छ । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।

    होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले आधा जति होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिइसकेका छन् । एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन् । अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले बिदा दिन शुरु गरिएको हो ।

    सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए । पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईले बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ । यकिन तथ्याङ्क नभए पनि सौराहाका ११५ होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउनुहुन्छ ।

    व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ । ऋणको ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेको तर्क छ । व्यापार ठप्प भएपछि बैंकको कालोसूचीमा पर्ने चिन्ता व्यवसायीमा छ । सौराहामा सबैभन्दा बढी पर्यटक आउने चीन कोरोनाबाट प्रभावित छ । यसअघिका पर्यटकको समेत चीनका ट्राभल एजेन्टले भुक्तानी गर्न नसकेको व्यवसायीको भनाइ छ ।

    सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायी बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको घिमिरेको भनाइ छ । सरकारले पनि धेरै मानिस जमघट हुने सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।

    कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पुर्याएको सरोकारवाला पक्षको भनाइ छ । पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.