सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पतालको निरीक्षण


  •    न्युजभित्तो/२१ फाल्गुन २०७६, बुधबार ११:२६ 
  • चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउद नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको हो ।

    सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिनुभयो । छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमा नै बसेर क्वारेन्टाइन गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ थियो । अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उहाँले निर्देशन दिनुभयो ।

    सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीका बारेमा जानकारी दिनुभएको थियो । उहाँले पाँच श्ययाको छुट्टै कक्ष (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) तोकिएको बताउनुभयो । ज्वरोका बिरामीलाई छुट्टै परीक्षण गरिएको र विशेषज्ञ चिकित्सकहरुबीच नियमित अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

    अस्पतलमा अहिले मास्क र पिपी (उपचारका क्रममा लगाइने कपडा) अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उहाँले आग्रह गर्नुभयो । कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र जनचेतना फैलाउने काम भइरहेको तिवारीले बताउनुभएको थियो । भरतपुर अस्पतालमा चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.