सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक रेडियो प्रशारक संघ चितवनको अध्यक्षमा पौडेल


  •    न्युजभित्तो/२० फाल्गुन २०७६, मंगलवार २१:४२ 
  • चितवन । सामुदायिक रेडियोहरुबीच सहकार्य गर्ने, स्थानीय साझा मुद्दामा बहस, पैरवी गर्ने लगायतका उद्धेश्य राखेर चितवनमा सामुदायिक रेडियो प्रशारक संघ, जिल्ला समन्वय समिति गठन गरिएको छ । मङ्गलबार गठन गरिएको समन्वय समितिको अध्यक्षमा रेडियो शिवशक्तिका स्टेशन मेनेजर रमेश पौडेल चयन हुनुभएको छ ।

    समितिका सदस्यहरुमा रेडियो चितवनका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रेडियो भरतपुरका अध्यक्ष नविन पौडेल, रेडियो माडीका अध्यक्ष सूर्य पाठक, रेडियो साहिनोका अध्यक्ष सृजना अर्याल, रेडियो अर्पणका अध्यक्ष मेघनाथ पौडेल, रेडियो वाल्मिकिका सञ्चालक समिति सदस्य विकाश भूषाल र रेडियो इच्छाकामना मुग्लिनका स्टेशन मेनेजर दानबहादुर गुरुङ रहनु भएको छ ।

    समन्वय समितिले सामुदायिक रेडियोहरुबीच कार्यक्रम उत्पादन एवम् सामाजिक बजारीकरणमा समन्वय र सहकार्य गर्ने तथा प्रशारण गरिने विषयवस्तुलाई अझै स्तरीय बनाउँदै लग्ने संयोजक पौडेलले बताउनुभयो । तीन वर्षे कार्यकाल रहेको सो समितिले चैत महिना देखि साझा रेडियो कार्यक्रम ‘खबरदारी’ उत्पादन गर्ने निर्णयसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.