सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता, ठूलो जमघट नगर्न आग्रह


  •    न्युजभित्तो/२० फाल्गुन २०७६, मंगलवार १३:११ 
  • चितवन । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी चितवन जिल्लामा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ । रोगको सङ्क्रमण देखिइहालेमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

    जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ । जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ । उहाँका अनुसार कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर उहाँहरुसँग छलफल गरिँदैछ । प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ । रोगको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आन्तरिकरुपमा छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिनुभयो । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उहाँले बताउनुभयो ।

    यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको बताउँदै उहाँले भन्नुभयो, “यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुपर्यो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिइहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दैछ । जिल्लामा कोरोना भाइरसको जस्तो लक्षण देखिएका दुई जनाको नमूना परीक्षणका लागि पठाइएकामा दुवै जनाको नेगेटिभ (कोरोना संक्रमण नभएको) देखिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.