सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिफा विश्वकप फुटबल प्रतियोगिता: सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा


  •    न्युजभित्तो/९ असार २०८३, मंगलवार १२:०२ 
  • काठमाडौँ, ९ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

    न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे ।

    यता सेनेगलका लागि भने इस्माइला सारले दुई गोल गरे । खेलको ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए । त्यस्तै नर्वेका अर्का खेलाडी एर्लिङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

    त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि खेलको ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता तेब्बर बनाए ।

    खेलको दोस्रो हाफको अतिरिक्त समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किन कोसिस गरेपनि सफल हुन सकेनन । त्यसपछि खेलमा गोल हुन सकेन र नर्वेले सेनेगलमाथि ३–२ गोलको जित निकाल्यो ।

    यस जितसँगै नर्वे छ अङ्कसहित समूह ‘आइ’ को दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अङ्कविहीन छन् ।

    आज बिहान सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणामा प्रवेश गरेको थियो । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.