सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वामदेव र नारायणकाजीलाई मन्त्री बन्न संविधानले दिंदैन : पूर्व अर्थमन्त्री पाण्डे


  •    न्युजभित्तो/१७ फाल्गुन २०७६, शनिबार १५:१० 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बामदेव गौतम र नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न संविधानले नदिने बताउनु भएको छ । भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति उक्त कार्यकालभरी मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था रहेको बताउनुभयो ।

    संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था रहेको छ ।

    जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उहाँले यसले लोकतन्त्रलाई कमजोर तुल्याउने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “प्रतिस्पर्धा गरेर आउँछु भनेको मान्छे अर्काे बाटोबाट आउनु रुचिकर देखिंदैन । यो स्वयं व्यक्तिले पनि सोच्नुपर्ने विषय हो ।”

    संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “यसलाई जनताले रुचाएनन् ।”

    पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको उहाँको भनाई थियो । “पार्टीमा अहिले देखिएको विवादको समाधान हुन्छ, एउटा सहमतिमा नेताहरु पुग्न लागेको बुझेको छु” उहाँले भन्नुभयो “बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि कार्यान्वयन हुन्छ, प्रधानमन्त्रीका चासोहरु पनि सम्बोधन हुन्छन् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.