सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली बीउको पीडा : किसानले २० प्रतिशत मात्र राहत पाउने


  •    न्युजभित्तो/१७ फाल्गुन २०७६, शनिबार १०:५९ 
  • चितवन । गरिमा जातको धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत मात्र राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए । ती जिल्लाका १७ हजार आठ सय छ हेक्टर क्षेत्रफलमा लगाइएको धानका कारण र १७ करोड रुपैयाँ बराबरको लागत खर्च नोक्सान भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलयले जनाएको छ । त्यसको न्यूनतम समर्थन मूल्य २३ करोड रुपैयाँ रहेको छ ।

    पीडित किसानलाई राहत दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँले अर्थमन्त्रालयमार्फत सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय हुँदै पालिकामा राहत रकम पठाइसकिएको र केही दिनभित्रै कृषकले राहत पाउने बताउनुभयो ।

    मन्त्रालयमा विनियोजित राहत रकमबाटै कृषकलाई रकम पठाइएको हो । सोझै पालिकामा पठाउन नमिल्ने भएकाले अर्थमन्त्रालयमार्फत पठाइएको उहाँले बताउनुभयो । सचिवस्तरीय निर्णय गरी मन्त्रालयले रकम पठाएको हो । उहाँले भन्नुभयो, “कम्तीमा मल, बीउ सम्म धानोस भनेर मन्त्रालयले राहत रकम पठाएको छ ।”

    यस्तै सो बीउ नेपाल भित्र्याएको दाङ्को लमहीस्थित सनराईज एग्रिकल्चर रिसर्च प्रालिलाई र अन्य १५ वटा विक्रेतालाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । कृषकले बीउ बिक्री गरेका विक्रेतालाई स्वयं मुद्दामा जानुपर्ने विभागले जनाएको छ ।

    धानको डिएनए परीक्षण गर्दा नक्कली पुष्टि भएपछि ठगी भएको प्रमणित भएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम बीउ बिक्रीकर्तालाई कारवाही गर्नका लागि मन्त्रालयले फाइल विभागमा पठाएको थियो ।

    विसं २०७६ वैशाख ११ मा सूचित बीउविजन पैठारी अनुमतिपत्र प्राप्त गरी सो प्रालिले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इण्डिया प्रालिबाट गरिमा जातका वर्णशङ्कर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । पाक्ने बेलामा बाला नलागेपछि कृषकले धानको बीउ नक्कली भएको थाहा पाएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.