सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हामीलाई विगतका थुप्रै नकारात्मक विराशतले पछ्याइरहेको छ : अध्यक्ष दाहाल


  •    न्युजभित्तो/१६ फाल्गुन २०७६, शुक्रबार २२:४६ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताउनुभएको छ । नेपाल पोल्ट्री महासङ्घले आजदेखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्नुहुँदै उहाँले व्यवसायका क्षेत्रमा अनुसन्धान र उत्पादकत्वबारे अध्ययन हुनुपर्ने बताउनुभयो ।

    विश्वभरका विभिन्न कम्पनी र तिनका प्रतिनिधिलाई यहाँ देख्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै उहाँले नयाँ प्रविधि बुझेर त्यसलाई प्रयोग गर्न सिक्ने आधार बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रदर्शनी नेपालको समग्र विकासको प्रयासमा एउटा नयाँ योगदानको आधार भएको महसुस गरेको छु । यसले पोल्ट्री व्यवसायको मात्र नभएर समग्र आर्थिक र पर्यटन प्रवर्धनमा टेवा पुर्याउँछ ।”

    “हामीलाई विगतका थुप्रै नकारात्मक विराशतले पछ्याइरहेको छ,” विगतका नकारात्मक कुरालाई अन्त्य गर्नुुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “व्यवसायका क्षेत्रमा विभिन्न ठाउँमा अनुसन्धान, प्रयोग र उत्पादकत्व वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने सन्दर्भमा विभिन्न क्षेत्रमा पहल कदमी भइरहेको अनुभूति हुन थालेको छ ।”

    कार्यक्रममा महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसाय हाल सङ्कटमा रहेको भन्दै सरकारबाट अपेक्षाकृत सहयोग हुन नसकेको गुनासो गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी, पोल्ट्री, दाना, ह्याचरी र मासुजन्य उद्योग लगायतको सम्पूर्ण पशुपक्षीपालन लगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ ।

    यस्तै नेपाल भेटेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिनुभयो । दुई सय वटा कक्ष रहेको सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगायतको प्रत्यक्ष संलग्नता रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्ग्लादेश लगायतका देशका पोल्ट्री कम्पनीको सहभागिता छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.