सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार १६:४१ 
  • काठमाडौँ, ३ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताउनुभयो ।

    “स्थानीय कृषि उपजको बजारको पहुँच अभिवृद्धि गर्न सम्बन्धित क्षेत्रका व्यवसायीसँगको लागत साझेदारीमा गोदाम घर निर्माणका लागि स्रोत व्यवस्थापन भइरहेको छ”, मन्त्री कुमारीले भन्नुभयो ।

    दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाको ड्रिलिङ पूरा भई अन्तिम प्रतिवदेन प्राप्त हुने क्रममा रहेको जानकारी दिँदै उहाँले प्रतिवेदनको सुझाव अनुरुप सरकारले थप कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “धौवादी फलाम खानी सञ्चालनका लागि ‘मोडालिटी’ तय गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाइनेछ”, उहाँले भन्नुभयो ।

    मन्त्री कुमारीले तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुसार काम भइरहेको स्पष्ट पार्नुभयो । सिलगुडी–चारआली र मोतिहारी–अमलेखगन्ज–लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण परियोजना अघि बढेको जानकारी दिँदै उहाँले सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माणका लागि जग्गा व्यवस्थापन भएको र अन्य प्राविधिक कार्य नेपाल आयल निगमले गरिरहेको बताउनुभयो ।

    “औद्योगिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रमा पहुँच सडक स्तरोन्नति गरी औद्योगिक क्षेत्र निर्माण गरी उद्योगीलाई स्थान उपलब्ध गराउने कार्य अघि बढेको छ”, मन्त्री कुमारीले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.