सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीका स्थानीय तहलाई अनुदान वृद्धि


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार १३:३० 
  • काँक्रेविहार (सुर्खेत), ३ असार । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३/८४ का लागि ७९ वटा स्थानीय तहलाई दिँदै आएको अनुदान वृद्धि गरेको छ । स्थानीय तहलाई करिब प्रदेश सरकारले २० प्रतिशत अनुदान वृद्धि गरेको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले जानकारी दिनुभयो ।

    मन्त्री शाहले आगामी वर्षका लागि प्रदेशका ७९ स्थानीय तहलाई रु पाँच अर्ब ५४ करोड ७२ लाख वित्तीय हस्तान्तरण गरिएको बताउनुभयो । चालु आर्थिक वर्षको तुलनामा २०.८५ प्रतिशत अर्थात् रु ९५ करोड ७२ लाख बढी रहेको छ । चालु आवमा रु चार अर्ब ५९ करोड स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको थियो ।

    आगामी आवका लागि सङ्घ सरकारबाट प्रदेशलाई समेत अनुदान बढेर आएको छ । प्रदेश सरकारले पनि सोेहीअनुसार स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा बढवा दिएको हो । समपूरक अनुदान रु ४२ करोड चार लाखले वृद्धि गरिएको छ । चालु आवमा रु ७६ करोड ४६ लाख दिइएकामा आगामी वर्ष रु एक अर्ब १८ करोड ५० लाख उपलब्ध गराइने मन्त्री शाहले बताउनुभयो ।

    यो वर्ष वित्तीय समानीकरण अनुदान रु पाँच करोडले वृद्धि गरिएको अर्थमन्त्री शाहले बताउनुभयो । चालु आव रु ९५ करोड उपलब्ध गराएको यो अनुदान अहिले बढाएर रु एक अर्ब पुर्याइएको छ ।

    उक्त अनुदान प्रदेश सरकारको स्थापनाकालदेखि गत वर्षसम्म ८० करोडका दरले प्रदान गरिँदै आएको थियो । चालु आवदेखि समानीकरण अनुदान वृद्धि हुनथालेको हो । समपूरक अनुदान रु ४२ करोड चार लाखले वृद्धि गरिएको छ । चालु आवमा रु ७६ करोड ४६ लाख दिइएकामा आगामी वर्ष रु एक अर्ब १८ करोड ५० लाख उपलब्ध गराइने आर्थिक मामिलामन्त्री शाहले बताउनुभयो ।

    प्रदेश र स्थानीय तहको लागत साझेदारीमा कार्यान्वयन गरिने आयोजनाका लागि हो । “दुई तहबीच आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी स्थानीय तहबीचको सामाजिक, आर्थिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गर्न अनुदान रकम बढाइएको हो”, मन्त्री शाहले भन्नुभयो, “यसले स्थानीय तहलाई प्रदेश सरकार आफूसँगै रहेको अनुभूति गरोस् भन्ने हो ।”

    प्रदेश सरकारले विशेष अनुदान रकम रु १० करोड ७० लाखले वृद्धि गरेको छ । विशेष अनुदानलाई व्यवस्थित गर्न स्थानीय तहको मागका आधारमा उक्त शीर्षकको रकम रु ३६ करोडबाट ४७ करोड ५० लाख पुर्याइएको छ ।

    प्रदेश सरकारले स्थानीय तहलाई शर्त राखेर दिइने अनुदानमा भने यसपटक भारी कटौती गरेको छ । चालु वर्ष रु दुई अर्ब ५१ करोड रहेको सशर्त अनुदानलाई घटाएर आगामी वर्षका लागि रु एक अर्ब ७३ करोड ६१ लाखमा झारिएको छ ।

    सशर्त अनुदान घट्नु र वित्तीय समानीकरण अनुदान बढ्नुले स्थानीय तहले आफ्नो आवश्यकताअनुसार स्वतन्त्र रूपमा योजना छनोट र खर्च गर्न पाउने वित्तीय स्वायत्ततालाई प्रोत्साहन गरिएको सरकारले जनाएको छ ।

    गरिबी निवारणमा योगदान पुर्याउने उद्देश्यसहित स्थानीय तहमा रु एक अर्ब १५ करोड ४० लाख वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको प्रदेश सरकारले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता
    विचारः समग्र आरोग्यता र सर्वकल्याणतर्फको अन्तरयात्रा
    सामाजिक सुरक्षा कोषमा जोडिँदै अनौपचारिक क्षेत्रका श्रमिक
    • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
    • हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
    • प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ: सञ्चारमन्त्री डा तिमिल्सिना
    • चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.